प्याब्सन केन्द्रिय समितिको अध्यक्षमा पुरी


  • बिमल अधिकारी 

इलाम ३० फाल्गुण:  निजि तथा आबासिय बिधालय अर्गनाइजेसन (प्याब्सन) को चौधौं राष्ट्रिय महाअधिबेशन टीकाराम पुरीको अध्यक्षतामा सर्बसम्मत नयाँ केन्द्रिय कार्यसमिति चयन गर्दै मंगलवार सम्पन्न भएको छ। 
नयाँ केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा डि. के ढुंगाना , बरिस्ठ उपाध्यक्षमा राजेन्द्र बानिया त्यस्तै खुल्लाउपाध्यक्षहरुमा क्रमशः ईश्वर गुरुङ, टि. आर ढकाल ,दिपिका रिमाल,कृष्ण प्र. अधिकारी , टंक भट्टराई , गोपाल प्र. आचार्य र भरत ब. कर्णेल रहेका छन। समितिको महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आर. बि कटुवाल र किशोर गौतम ,कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने , सचिबहरुमा क्रमशः मधु लोहनी, भिमसेन केसि, भुवनलाल श्रेष्ठ, संगीता सिलवाल, मदन कु आचार्य , राजेश कु. दास, शिव कार्की रहेकाछन।
यस्तै सह कोषाध्यक्षमा मीन प्र. बन्जाडे, ग्रेस श्रेष्ठ , आशा खड्का र गणेश बाबू पोख्रेल रहेका छन। समितीको सल्लाहकारमा आशिष् श्रेष्ठ रहनुभएको छ भने प्राज्ञिक सल्लाहकारमा , राज कुमार महर्जन रहनु भएको छ।
प्रज्ञा प्रतिस्ठान कमलादी काठमाडौमा भएको उदघाटन कार्यक्रम सभामुख कृष्ण ब. महराको प्रमुख आतिथ्यता तथा शिक्षा मन्त्री गिरिराज मणि पोख्रेलको बिशेश आतिथ्यतामा भएको नबगठित समितीका उपाध्यक्ष डि. के ढुंगानाले माइपोखरी न्युजलाई बताउनुभयो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता