लुक्ला विमानस्थलमा हेलिकाेप्टरसँग जहाज ठाेक्कियाे, काे-पाइलटसहित सुरक्षाकर्मीकाे मृत्यु

काठकाडाैँ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज बिहानै हवाई दुर्घटना भएकाे छ । हेलिकोप्टर र विमान एकआपसमा ठोक्किँदा पाइलटसहित चारजनाको मृत्यु भएको हाे ।
समिट एयरको प्लेन उडान भर्ने क्रममा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएर साे दुर्घटना भएकाे हाे । आइतबार बिहान करीब ९ बजेर ५ मिनेट जाँदा बिमान दुर्घटना भएको हाे ।
घटनामा पाइलट र सुरक्षाकर्मीसहित ३ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विमानस्थल सुरक्षा गार्डका लागि खटिएका दुई जना प्रहरी र समिट एयरका कोपाईलट रहेका छन् । घाईते हुनेमा मनाङ एयर हेलिकोप्टरका पाइलट र समिट एयरको पाइलट रहेको बताइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टरमा प्रहरी टोली गएर उद्धार कार्य जारी रहेकाे छ । घाइतेमध्ये गम्भीर रहेका पायलटलाई काठमाडाैँ रेफर गरिएकाे र अन्यकाे उपचार पासाङल्हामु निकोलनिकी अस्पताल लुक्लामा भैरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता