इलाम नगरपालिकाका १० वटा विद्यालयका बालक्लवका विद्यार्थीहरुलाई प्रशिक्षण

इलाम, १७ साउनः शिक्षा विकास तथा समन्वय इकाइ इलामको आयोजना तथा समुदाय प्रहरी जिल्ला समिति इलामको सहकार्यमा  वालक्लवका बिद्यार्थीहरु माझ सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 
यही श्रावण १७ गते शिक्षा विकास तथा समन्वय इकाइ इलामको सभाहलमा सम्पन्न भएको कार्यक्रममा इलाम नगरपालिकाका १० वटा बिद्यालयका वालक्लवका बिद्यार्थीहरुलाई सहभागी भएका थिए भने सो कार्यक्रममा लागु औषध, साइवर अपराध,बालयौन दुर्ब्यवहार, बाल विवाह सम्बन्धी जिल्ला प्रहरी कार्यालय इलाममा प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले प्रशिक्षण दिनु भएको छ ।कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ इलामका इकाइ प्रमुख शम्भुनाथ थापा मगर, शाखा अधिकृत डम्वर बहादुर सुबेदी, शाखा अधिकृत अम्बिका प्रसाद खनाल समेत रह्नुग भएको थियो भने आर्दश मा।बि।,अमर मा।बि।, प्रज्ञा सदन, मन्टेश्वरी, ग्रीन भ्याली, समता, हेरीटेज, इलाम मा।बि।, जुबिलेन्ट र ज्योती बिद्या मन्दिर इलामका  वालक्लवका बिद्यार्थिहरु सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता