खानेपानीको पाइप सफा गर्दै गर्दा काठमाडौंमा दुई जनाको मृत्यु


काठमाडौं । महानगरपालिका–१६ बालाजुस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका–२ का २५ वर्षीय सुरेश साह र सोही ठाउँ घर भएका २० वर्षीय शिवकान्त साह रहेका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । 
उनीहरु पाइपभित्र फसेका भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बेहोस अवस्थामा उद्धार गरेको थियो । दुवै जनालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता