पहिरोमा परेर दोलखामा तीन बेपत्ता, ३० घरमा क्षति, उद्धारका लागि जाँदै गरेका बसपनि पहिरोले पुरियो

दोलखा । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका १ अप्लेपुमा गएराती गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका २ का निशान खड्का र वडा नम्वर १ का जितबहादुर खत्री रहको प्रहरीले जनाएको छ । अहिले उनीहरुको खोजी कार्य भैरहेको दोलखा प्रहरीले जनाएको छ । गौरीशंकर गापा वडा नं. १ झगरे, राजपु, बोजुमु र यार्सामा पहिरोले ३० घरमा क्षति गरेको छ ।
गएराति गाउँमाथिको डाडाबाट एक्कासी पहिरो झरेको थियो । रातिबाटै बेपत्ता भएकाहरुको खोजी गर्दापनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ । पहिरोमा परेको एउटा गाडीको उद्धार गर्न गएका अर्का स्थानीय युवक निशान खड्का पनि बेपत्त भएको प्रहरीले जनाएको छ ।
उनी उद्धारकालागि काठमाडौंबाट दोलखा जाँदै गरेको बसमा थिए । उद्धारका लागि जाँदै सो बस पनि पहिरोले पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । अहिले घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी सहितको टोली घटनास्थल आउँदै गरेको स्थानीयले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता