- विनय तिम्सीना

इलाम, १७ साउनः सवै काम स्थानीय तहमा गए पछि इलाम सदरमुकाममा चलपहल घट्दै गएको छ । सदरमुकाममा रहेका डिभिजन कार्यालयहरु अन्य जिल्लामा सरे पछि चहलपहल घट्दै गएको हो साथै सरकारी कार्यालयका कामकाजहरु स्थानीय तहमा जाँदा जिल्ला सदरमुकाममा मानिसहरुको चहलपहल कम बन्दै गएको छ । जिल्लाका १० वटै स्थानीय तहबाटै सरकारी सेवा सुचारु हुन थालेपछि इलाम बजारको चहलपहल घटेको हो । इलाम पर्यटकिय नगरी भए पनि इलाम घुम्न आउने अधिकाशं पर्यटक सदरमुकाम सम्म ल्याउन नसम्दा पनि यहाँको चहलपहल घटेको हो । इलाम भित्रिने पर्यटकहरु इलामको पाथिभरा, कन्याम, श्रीअन्तु, फिक्कल, पशुपतिनगरमा नै अल्मलिने गर्दछन् ।
सरकारी सेवाका लागि सदरमुकाम धाउन नपर्ने भएपछि इलाम बजार सुनसान जस्तै देखिन्छ । जिल्ला प्रशासनबाट नागरिकता प्रमाणपत्र लिन, जिल्ला अदालतमा मुद्दा दर्ता गर्न र बंैकिङ कारोबारका लागि मात्र ग्रामीण क्षेत्रबाट सदरमुकाम आउने गरेका छन । अन्य काम सवै गाउँबाट नै हुने भए पछि सदरमुकाममा चलपहल घटेको हो । साथै इलाम आउने ग्रामिण सडकहरु चौडा बनाउने होडले गर्दा वर्षादको समयमा पहिरोले गर्दा अवरोध हुने भएकाले पनि अहिले इलाम बजारको चहलपहल ह्वत्तै घटेको छ ।
इलाम सरमुकाममा होटलमा बढदो लगानी भए पनि होटल व्यवसाय पनि खस्कदो अवस्थामा रहेको व्यवसायी संघका अध्यक्ष देवी पौडेल वताउँछन् । बजारमा चहलपहल घटेपछि व्यवसायीहरू पनि विस्थापित हुन बाध्य भएको उनको भनाई छ । दैनिक भरिभराउ हुने होटलमा आजभोली ग्राहक कम भएको उनको भनाई छ ।
इलाम सदरमुकाममा रहेका अधिकाशं सरकारी कार्यालय पनि स्थानीय तहमै समायोजन हँुदा थप चहलपहल घटेको हो । जिल्लामा रहेका अधिकाशं डिभिजन कार्यलय पनि अन्यजिल्ला झापा, पाँचथरमा सरे पछि यस्तो अवस्था आएको हो ।
दैनिक २५ हजार बढी कारोबारो हुने पसलमा एक हजार पनि नहुने गरेको खुद्रा तथा खाद्यान्न व्यवसायी मेनुका सञ्जेल वताउछिन । व्यापार व्यवसाय घटेपछि विगत लामो समयदेखि सदरमुकाममा बस्दै आएका व्यवसायी स्थानिय तहको केन्द्रमा, झापाको विर्तामोड र दमकमा जान थालेका छन ।
इलाम सदरमुकाममा विभिन्न तरिकाले व्यपार वढाउनको लागि इलाम उद्योग वाणिज्य संघ लागिपरेको उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालु वताउछन् । उनले भने इलाम सदरमुकाम मात्र नभएर देश भरिका सदरमुकामको अवस्था यस्तै छ यसलाई सुधारनकोलागि हामी स्थानीय सरकार सँग मिलेर काम गरिरहेका छौँ ।
इलाम सदरमुकाममा अहिले सुविधाको कमिले गर्दा पनि मानिसहरुको चाप घटेको अनुमान लगाउन सकिन्छ । उच्च शिक्षाको लागि राम्रो कलेज नहुनु स्वास्थ्य उपचारको लागि अस्पतालको अभाव आदिले गर्दा पनि इलामको चहलपहल घटेको जानकारहरु वताउँछन् ।