इलामको समालबुङ्गमा लगातार चोरी, स्थानीय वासी त्रासमा

इलाम, १९ साउनः इलामको सूर्योदय नगरपालिका ५ समालबुङ्गमा केहि सातादेखि लगातार चोरी भई रहेको छ । कस्ले चोरीगरेको अहिले सम्म प्रहरी पत्ता लगाउन नसकेको स्थानीयले गुनासो गरेकाछन् । सात दिन अघि स्थानीय कवी खड्काको घरबाट ५ हजार झर्काको सामन चोरी भएको थियो । 
नजिकै रहेको विद्यालयको पनि ताला फोरेर काजगपत्रहरु हराएका छन् भने स्थानीय संगिता दिदीले चिनिने एक जनाको घरको पनि ताला फोरिएको छ भने निस्चल श्रेष्ठको पसलबाट पनि केही नगदचोरी भएको छ । श्रेष्ठको पसलबाट कति रकम चोरी भएकोहो अहिले सम्म थाहा भएको छैन । यात जिल्ला प्रहरीकार्यायका प्रमुख हिरा पाण्डेले भने हामी चोरी गर्ने मान्छे पत्ता लगाउनको लागि निरन्तर लागेका छौँ अहिले समाल्बुङ्ग प्रहरी चौकीका इन्चर्ज असई पनि परिवर्तन गरेर नया असई कृष्ण कार्कीलाई पठाई सकेका छौँ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता