कृषक वन्धु योजनाको थालनी

सुकेपोखरी,५ पुसः  पश्चिम बंगाल सरकारले कृषकको हितमा बहाली गरेकोे कृषक बन्धु योजना अन्तर्गत एकगुच्छ उपहार सम्बन्धी जानकारी गराउन खण्ड  कार्यालयमा सचेतना कार्यक्रमको आयोजना गरयो।
विभागीय सह निर्देशक एडिए शुभकुमार दासको विशेष सक्रियतामा सम्पन्न कृषक सचेतना तथा कृषक वन्धु योजना विषयमाथिको कार्यक्रममा खण्ड क्षेत्रका प्रगतिशील कृषकहरूलाई चेक वितरण गरियो।कार्यक्रममा विभागीय अधिकारवर्ग बीटीएम धिरज राई,एटीएम नित्यम थापा, पासांग तामाड,साइना राई,एसके प्रधान एवं डीके राईको उपस्थिति थियो।
जोरबंगलो सुके खण्डद्वारा आयोजित कृषक बन्धु योजना अन्तर्गत कृषि सचेतना तथा चेक  वितरण कार्यक्रममा सुके खण्ड अन्तर्गत विभिन्न क्षेत्रका कृषक नागारिकहरू उपस्थित रहेर यस अवसरको भरपुर लाभ उठायो। कार्यक्रमलाई एडीए दास,बीटीएम राई र एटीएम थापाले सम्बोधन गर्दै कृषि विकास र कृषकहरूको आर्थिक उन्नतिमाथि जोर दिएर नै सरकारले कृषक वन्धु योजनाको थालनी गरेको बताए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता