वीरगंजमा अघोषित 'कर्फ्यू', आजदेखि ४ दिनसम्म औषधि पसलबाहेक सबै ठप हुने

वीरगंज, १ बैशाख । तीन जनामा कोभिड-१९ पोजेटिभ देखिँदापछि आज देखी चार दिनका लागि वीरगंज सिल गरिएकाे छ । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आजदेखि ४ दिनसम्मको लागि सिल गरिएकाे जानकारी दिनुभयाे । वीरगंजलाई सिलभन्दा पनि अधोषित ‘कफ्यु’नै गरिएकाे मेयर सरावगीकाे भनाई छ ।
महानगरपालिका भित्र औषधी पसलबाहेकका सबै थोक बन्द(शिल) गर्ने मेयर सरावगीले बताउनुभयाे । लकडाउनको समयमा खाेलिरहेका खाधान्न लगायतका पसलहरु अब बन्द हुने पनि उहाँले जानकारी दिनुभयाे । मेयर सरावगीले ४ दिनसम्म घरमा रहेको खाधान्न बाहेक महानगरपालि भित्रका नागरिकले हरियो साग सब्जी लिन समेत लिन बाहिर निस्कन नपाउँने बताउनुभयाे ।
यस्ता समयमा विपन्न तथा गरिव परिवालाई अतिनै आवश्यक परे जानकारीको आधारमा उनीहरूको घरमै खाधान्न महानगर पुर्याउने पनि उहाँले बताउनुभयाे । कोही कसैलाई औषधी लिनुपर्दा समेत प्रहरी प्रशासनसँग समन्वय गरी मात्र बाहिर निस्कन पाउने मेयर सरावगीले जानकारी दिनुभयाे ।
न्यूज २४ सँग कुरा गर्दै मेयर सरावगीले अन्तराष्ट्रिय नाका तथा निकै जोखिममा पर्ने वीरगंजमा एउटा छुट्टै कोभिड विशेष हस्पिटलको व्यवस्था हुनुपर्ने बताउनुभयाे । मेयर सरावगीले प्रदेशमा एउटा मात्रै कोरोना भाइरस संक्रमण परिक्षण गर्ने मेसिन भएकाे र विकल्पमा अर्को मेसिलको व्यवस्था गरी वीरगंजमा राख्नुपर्ने माग पनि गर्नुभयाे ।
वीरगंजमा छुट्टै एउटा मेसिन हुनुपर्ने प्रदेश सरकारसँग माग गरे पनि अहिलेसम्म प्रदेश सरकारले उक्त मेसिनकाे व्यवस्था गरेकाेप्रति उहाँले आक्रोस व्यक्त व्यक्त गर्नुभयाे । ‘अहिले नारायणी हस्पिटमा ३ जना कोरोना संक्रमित फेला परिसकेका छन्, अब २ वा ३ जना अझै भए उनीहरुलाई कहाँ राख्ने ?’ मेयर सरावगीले प्रदेश सरकारलाई प्रश्न गर्नुभयाे ।
प्रदेश २ सरकारले बारा तथा जलेश्वरमा कोभिड हस्पिटल तोकेपनि अहिलेसम्म पनि तयार नभएको प्रति उहाँकाे गुनासाे छ । मेयर सरावगीले सरकारी हस्पिटल तयारी नभएको र नीजि हस्पिटलमा पिसिआर बाहेक सबै सुविधा भएपनि त्यसलाई सिमित समयको लागि आफ्नो स्वामित्वमा नलिनु प्रदेश सरकार गैर जिम्मेवार देखिएको बताउनुभयाे ।
सरकारी अस्पताल तयार नभएको अवस्थामा नीजि अस्पतालमै भएपनि एउटा पिसिआर मेसिनको व्यस्था गरी काेराेना विशेष हस्पिटल वीरगंगमा स्थापना गर्नुपर्ने पनि उहाँकाे सुझाव छ । प्रदेश सरकारले वीरगंजमा काेराेना हस्पिटल स्थापना नगरेपनि तोकिएको बारा र जलेश्वरकै हस्पिटल तयार गरे यहाँका कोरोना संक्रमितलाई त्यहाँ स्थानान्तरण गर्नुपर्ने नत्र सुविधा सम्पन्न तथा मेडिकल टिमको हब समेत भएको वीरगंजमै कोभिड हस्पिट तयार गर्नुपर्ने माग गर्नुभयाे ।
प्रदेश सरकारले गर्न नसके आफूलाई पनि उहाँले बताउनुभयाे । ‘प्रदेश सरकारले गर्न नसके हामीलाई जिम्मेवारी दिनुपर्यो, हामी यहाँ भोली देखि नै नीजि अस्पतालाई आफ्नो स्वामित्वमा लिई काेराेना हस्पिटल सुरु गर्छाैँ,’ उहाँले भन्नुभयाे ।
मेयर सरावगीले कोराेना संक्रमित छपकैयामा अझै कोही बाहिरबाट आएको भए समयमै जाँच गराई समाज तथा महानगरलाई कोरोना संक्रमणबाट बचाउँन आग्रह गर्दै यस्तो समयमा त्रसित नभई धैर्यधारण राख्न समेत सुझाव दिनुभयाे ।
त्यसैगरी महानगरमा ६५ वटा आइसाेलेसन र ३५ वटा एम्बुलेन्स रहेको उहाँले बताउनुभयाे । विपदको बेला कुनै योजना बनाउँदा जोखिममा रहेको वीरगंलाई प्राथमिकतामा राख्न समेत सरावगीकाे आग्रह छ ।
आइतबार वीरगंजको छपकैयामा ३ जनामा कोरोना पोजिटिभ भेटिएकाे थियाे । संक्रमित व्यक्तिहरुले ४ महिना अगाडि नेपाल आएको बताएपनि महानगरको अनुसन्धानको क्रममा १७ दिन अगाडी आएको खुलेको समेत उहाँले बताउनुभयाे ।
जमातीमा रहेको ८ सय ३५ व्यक्तिहरुमध्ये अरु पनि वीरुगंजमा काेराेना संक्रमित हुनसक्ने शंका रहेको बताउँदै खोजी कार्य तीव्र रहेको उहाँकाे भनाइ छ । वीरगंजमा १ सय १५ वटा मस्जिद र यतिम खाना रहेको मेयर सरावगीले बताउनुभयाे ।
प्रहरी र सेनाद्धारा अभियान नै चलाएर शंकास्पद व्यक्ति फेला पार्न लागिपरेको बताउँदै यसमा मुस्लिम अगुवाहरुलाई पनि सहयोग गर्न अपिल गर्नुभयाे । त्यसैगरी महानगरपालिकामा लकडाउनको क्रममा विभिन्न विपन्न तथा गरिब व्यक्तिहरुलाई राहत समेत बाडिएको मेयरले बताउनुभयाे ।
वीरगंजमा कोभिडको हस्पिटल नभएको र कोरोना शंकास्पद व्यक्तिहरुको चाप वीरगंजस्थित नारायणी अस्पताल बढेपछि ओपिडि समेत बन्द गरिएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताउनुभयाे ।
संक्रमित व्यक्तिहरुको पहिचान गत बिहिबार महानगरपालिकाका स्थानीय वडा अध्यक्षबाट जानकारी पाएपछि बिहिबार १० जना एउटा मस्जिदबाट र अर्को मस्जिदबाट १४ जना गरी २४ र अस्पतालमा भएका शंकास्पद व्यक्तिहरुको ३३ वटा स्वाब परिक्षण गरी गत शुक्रबार परिक्षण भएपछि ३ जना संक्रमित भेटिएकाे थियाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता