थप दुई जनामा कारोना भाइरस संक्रमणको आशंका, दुबै महिलाको पुनः परीक्षण गरिदै

काठमाडौं, ०१ बैशाख । नयाँ बर्षको सुरुवातसंगै थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलाली र बाग्लुङमा गरिएको र्यापिड टेष्टको पहिलो चरणको परीक्षणमा दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
कैलाली लम्कीचुहा अस्पताल स्रोतका अनुसार लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ पाइएको हो । त्यस्तैगरी सोमबार नै बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका एक ६५ वर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
उनीहरु दुवैको पुन परीक्षणका लागि थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याइएको छ । उनीहरुको अन्तिम नतिजा आज दिउसो २ बजे आउने बताइएको छ ।
कैलालीका संक्रमित परिवार सहित केहीदिन अघि वीरगञ्जबाट फर्किएको बुझिएको बताइएको छ । आइतबार मात्रै वीरगञ्जमा बसेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता