कोरोना भाइरस संक्रमितको संख्या १४ पुग्यो, रौतहट क्वारेन्टाइनमा रहेका एक युवकको परीक्षण पोजेटिभ

काठमाडौं, ०१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई नयाँ संक्रमित फेला परेको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमार्फत कैलाली लम्कीकी एक ६५ बर्षीया महिला र रौतहटको क्वारेन्टाइनमा रहेका एक १९ बर्षे युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले यसबारे जानकारी दिदै उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभएको छ ।
कैलालीको लम्कीकी एक महिलामा गरिएको दोस्रो परीक्षण पोजेटिभ भेटिएपछि उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ ।
यस्तै रौतहटको क्वारेन्टाइनमा रहेका एक १९ बर्षीय युवकको परीक्षण पनि पोजेटिभ देखिएकोले उनको पनि उपचारको व्यवस्था मिलाइएको प्रवक्ता देवकोटोले जानकारी दिनुभयो ।
संक्रमित युवाको बारेमा थप जानकारी भने खुलाइएको छैन । उहाँले पछिल्लो पटक पोजेटिभ देखिएको दुई जनाको सम्कर्पमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य द्रूत गतिमा भइरहेको जानकारी पनि दिनुभयो ।
प्रवक्ता देवकोटाले बीरगञ्जमा पोजेटिभ भेटिएका तीन जनाको सम्पकर्ममा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य तीब्र पारिएको भन्दै २४ जनाको परीक्षण कार्य सम्पन्न भएको र केहीको बाँकी रहेको जानकारी दिनुभयो ।
यस क्रममा पर्सा जिल्लाको छपकैयामा पनि -यापिड किट टेष्टबाट परीक्षण तीब्र पारिएको जानकारी पनि देवकोटाले दिनुभयो ।
प्रवक्ता देवकोटाले आजसम्ममा कुल ५ हजार ६सय ९१ को परीक्षण भइसकेको र ¥यापिड टेष्टलाई सबै प्रदेश र जिल्लामा तीब्र पारिएको जानकारी पनि दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता