सुर्खेतमा थप १२ जनामा काेराेना संक्रमण पुष्टि


काठमाडाैँ, १३ जेठ । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतस्थित प्रयाेगशालामा गरिएकाे पछिल्लाे परीक्षणमा थप १२ जनामा काेराेना भाइरस भाइरसक संक्रमण पुष्टि भएकाे छ । यससँगै कर्णाली प्रदेशमा मात्रै काेराेना संक्रमितकाे संख्या २३ पुगेकाे कर्णालीकाे सामाजिकाे विकास मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार मंगलबार थप पुष्टि भएकाहरू सबै सुर्खेत जिल्लाका रहेका छन् । जसमा विरेन्द्रनगरका वडा नं १, २, ३ र ६ का क्रमशः  १६ वर्षीय किशोर, ३२ वर्षीय महिला, ९ वर्षीय बालक र २०, ३२ तथा ३६ वर्षका पुरुष,  ४६ वर्षका पुरुष, २६ वर्षका युवक रहेकाे बताइएकाे छ । साथै सुर्खेतकै भेरीगंगा-८ का १६ तथा १७ वर्षीय दुई पुरुष र सिम्ता- ४ का ३५ तथा ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएकाे छ
उनीहरू हालै मात्र भारतबाट अाएकाे बताइएकाे छ । अहिले संक्रमित सबैकाे स्वास्थ्य सामान्य रहेकाे र उनीहरुलाई कर्णाली  प्रदेश अस्पतातको आइसोलेसनमा राखेर उपचार सुरू गर्ने तयारी थालिएको मन्त्रालय स्राेतले जनाएकाे  छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता