प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट, पूर्वाधार र यातायातमा बढी रकम विनियोजन


विराटनगर, १ असार । प्रदेश नं. १ सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ४० अरब ८९ करोड बराबरको बजेट ल्याएको छ । यो रकम चालू आर्थिक वर्ष ०७६/७७ भन्दा करिब २ अरब ७० करोडले घटी छ ।
सोमवार विराटनगरस्थित प्रदेश सभा भवनमा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेशको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालु खर्च तर्फ १८ अरब ९३ करोड अर्थात ४३।२९ प्रतिशत र पूँजीगत तर्फ २१ अरब ९२ करोड अर्थात ५३ प्रतिशत बजेट विनियोजन प्रस्तुत गर्नुभयो ।
गत वर्ष प्रदेश सरकारले ४२ अरब २० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रदेश सरकारले कोरोना महामारीका कारण प्रभावित क्षेत्रलाई पुनर्उत्थान गर्ने उद्देश्यले स्वास्थ्य, कृषि र श्रम तथा रोजगार क्षेत्रलाई प्राथमिकीकरण गरेको भएपनि बजेटमा सबैभन्दा बढी पूर्वाधार तथा यातायात क्षेत्रमा ८ अरब ७४ करोड रुपैया विनियोजन गरिएको छ ।
प्रदेश सभा सांसदहरुलाई विकास निर्माण कार्यमा प्रत्यक्ष रुपमा संलग्न गराउन प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा राखिएको छ । प्रदेश नं. १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रका लागि २ करोडका दरले १ अरब १२ करोड रुपैया विनियोजन गरिएको छ ।
यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रत्येक सांसदहरुको सिफारिसमा योजना कार्यान्वयनका लागि १ करोड रुपैयाँ दरले ९३ करोड रुपैया छुट्याइएको छ ।
न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता