गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, पाेखरामा मात्रै ७ जना संक्रमित फेला


काठमाडाैं, १६ असार । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार कास्कीमा ८ जना, तनहुँमा ५ जना, लमजुङमा ३ जना र स्याङ्जामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ९ सय ६६ पुगेको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार कास्कीमा पोखरा महानगरपालिकाका ३९, ५३, ३५ , ३०, ३०, ३६ वर्षीय पुरूषहरू र २७ वर्षीय महिलामा काेराेना पुष्टि भएकाे छ । त्यस्तै कास्कीकै मादी गाउँपालिकामा ४२ एक पुरूषमा पनि काेराेना देखिएकाे छ ।
सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमितमध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । हिजो गण्डकी प्रदेशमा ५३ जना सङ्क्रमित थपिएका थिए । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता