एकै दिन १४ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुग्यो

काठमाडौं, १४ भदौ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै संख्या २ सय २१ पुगेको हो ।

ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ, रौतहटमा, नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो । भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । यस्तै, ललितपुरस्थित पाटन अस्पतालमा ललितपुर र भैरहवाका एक–एक जना पुरुष र महोत्तरीका एक महिला गरी ३ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेका छ ।

भैरहवाका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको हो । यस्तै साउन २८ गते पाटन अस्पताल भर्ना भएका २९ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शनिवार राति १० बजे मृत्यु भएको भएको हो ।

त्यसअघि शनिवार दिउँसो एक जना संक्रमितको मृत्यु भएको थियो । भदौ ९ गतेदेखि उपचार गराइरहेका महोत्तरीका ६२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै, पर्सामा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

रौतहटका ३० वर्षका पुरुषको वीरगन्जस्थित अस्थायी कोभिड अस्पताल हेल्थ केयरमा उपचारका क्रममा शनिवार बेलुकी मृत्यु भएको हो । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनको त्यही दिन स्वाब संकलन गरिएको नारायणी अस्पतालले जनाएको छ ।

यस्तै पर्सास्थित गण्डक कोभिड विशेष अस्पतालमा आज बिहान रौतहटका थप एक जनाको मृत्यु भएको छ । भदौ १२ गते वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ४० वर्षीय उनलाई संक्रमण पुष्टि भएपछि गण्डक कोभिड विशेष अस्पतालमा रिफर गरिएको थियो ।

यस्तै, सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नम्बर दुई तेतरीगाछी की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

स्वास प्रश्वासमा समस्या आएपछि गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षणका लागि तत्कालै स्वाव संकलन गरिएको थियो ।

उनको रिपोर्ट शनिवार पोजेटिभ आएको अस्पतालले जनाएको छ । श्वास फेर्न अप्ठेरो भएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो ।

धरानतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको छ । यस्तै चितवनमा थप एक जना कोरोना संकमित पुरूषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ करीब ६ बजे मृत्यु भएको हो ।

यसै गरी मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मोरङ पथरी शनिश्चरेका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुर अञ्चल अस्पतालमा दुई जनाको मृत्यु पछि कोरोना पुष्टि भएको हो । यस्तै महोत्तरीकै भंगहा नगरपालिकाका ३५ बर्षीय युवकमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

भंगहा नगरपालिका वडा नंं १ निवासी युवकको शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको थियो ।

न्युज २४ नेपालबाट साभार गरिएकाे



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment