इलाम, १४ भदौँः इलाममा एक कार्यक्रम गरेर प्रेस संगठन इलामले इलामका संचारकर्मीहरुलाई पीपीइ उपलब्ध गराएको छ ।
पूर्व प्रधानमन्त्री एवम् इलाम क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालको सहयोगमा प्रेस संगठनले संचारकर्मीलाई पीपीई उपलब्ध गराएको हो ।क्रियाशील संचारकर्मीहरूले जोखिममा स्थलगत रिपोर्टिङमा पुग्नुपर्ने भएकाले पीपीई वितरण गरिएको प्रेस संगठन इलामका संयोजक सुजन तिम्सिनाले बताए ।
आइतबार जिल्ला समन्वय समितिको सभाहलमा सदरकुमामका क्रियाशील संचारकर्मीलाई २५ थान पीपीई वितरण गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल प्रमुख अतिथि रहेको कार्याक्रमाम नेपाल कम्यिनष्ट पार्टीका कार्यालय सचिव नवराज शंकर, इलाम नगरपालिका वडा नं. ७ का वडा सदस्य संजीप राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्ट्र जवुगू र प्रदेश १ का उपाध्यक्ष सोम सुसेली लगायतको उपस्थिति रहेको थियो ।
प्रसे संगठन इलामका संयोजक तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रम सदस्य भगिरथ भण्डारीले गरेका थिए ।
0 comments:
Post a Comment