यूएईमा एक सातामै ५ नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाए


एजेन्सी, २१, भदौ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो एक साता मै यूएईमा ५ जनाको मृत्यु भएको छ । हालसम्म बिदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या जम्मा २ सय पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

अघिल्लो सातासम्म बिदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ मात्रै थियो । कोरोना संक्रमणबाट १६ मुलुकमा रहेका प्रवासी नेपालीहरुले ज्यान गुमाएका छन् । त्यस्तै विश्वका ४० देशमा रहेका नेपालीहरुमा कोरोना भाइरस संक्रमण भएको छ ।

बिदेशमै रहेका नेपालीहरुहरुमा उच्च संख्यमा कोरोना संक्रमिण भएतापनि धेरैले कोरोना जितेका छन् । अहिलेसम्म ३४ हजार ९ सय ३९ प्रवासी नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३२ हजार ९ सय ८९ ले कोरोना जितेको एनआरएनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment