वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा झापाका संक्रमितको मृत्यु

विराटनगर, २१ भदौ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

झापा कन्काई नगरपालिका वडा नं.३ घर भएका ४५ बर्षका पुरुषकोे उपचारकै क्रममा आइतबार विहान १०ः५५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो ।

उनी मेची अस्पताल झापाबाट १८ गते रिफर भएर प्रतिष्ठानमा भर्ना भएका थिए । कोरोनासंग मिल्दो जुल्दो लक्षण भएकाले उनको स्वाब परीक्षण गर्दा १८ गते कोरोना पुष्टि भएको प्रबक्ता सापकोटाले जानकारी दिनुभयो ।

उनको श्वासप्रस्वासमा समस्या आउनुका साथै २ दिनदेखि ज्वरो आएको, कमजोरी , कब्जियतको समस्या, साथै निमोनिया भए पछि मेची अस्पतलले रिफर गरिएको थियो ।

मृतकमा विगत केहि बर्षदेखि मधुमेहको समस्या रहेको प्रवक्ता डा। सापकोटाले जानकारी दिनुभयो । अस्पताल ल्याइपु¥याउदा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतकको शव व्यवस्थापन कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ । योसंगै झापामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment