भिरबाट लडेर युवकको मृत्यु

डोटी, १२ असाेज । आदर्श गाउँपालिका–दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मौवानगरदहले दिएको जानकारीअनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका निज युवक आइतबार राति


अबेरसम्म घर नआउँदा घरपरिवारले खोजी गर्दा भिरबाट लडेर मृतावस्थामा फेला परेका हुन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतकको टाउको र आँखामा गहिरो चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment