धरानमा कोरोना संक्रमित महिलाको मृत्यु, पत्रकारसहित १४ जनामा संक्रमणको पुष्टि

सुनसरी, १२ असोज । धरान उपममहानगरपालिका २ नम्बर की कोरोना सक्रमित महिलाको मृत्यु भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतातका उपचारका क्रममा धरान २ की ३८ बर्षीया महिलाको मृत्यु भएको हो ।

ज्वरो, खोकी, श्वासप्रस्वाशमा समस्या पछि प्रतिष्ठानको आकस्मिक कक्षमा आइतबार राति आएकी महिलाको आज विहान ५ .४५ वजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

दीर्घ रोगी नभए पनि आकस्मिक कक्षमा भर्ना हुँदा सुगर र प्रेसर अत्याधिक बढेको र कठिन र निमोनियाको लक्षण देखिए पछि उनलाई कोभिड अस्पतालमा राखेर उपचार गरिएको प्रवक्ता सापकोटाले वताउनु भयो । उनको कोभिडको लक्षण देखिएपछि प्रतिष्ठानको ल्यावका परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनीसंगै धरानमा मात्र कोराना संक्रमणवाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । यसै विच आज धरानका एक पत्रकार सहित १४ जनाको कारोना संक्रमण पुष्टि भएको छ ।

धरानवाट प्रकाशित हुने एक पत्रिकामा आवद्ध ३८ वर्षीय पुरुष पत्रकार सगै प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत ३१ वर्षीय महिला चिकित्सक तथा धरान उमहानर पालिकाका एक अधिकृत र एक इन्जिनियर सहित १४ जननामा कोरानो संक्रमण पुष्टि भएको हो । योसंगै सुनसरीमा कोराना सक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment