युवतीको बिषयमा विवाद हुँदा भक्तपुरमा ३ जनाबीच ढुंगा हानाहान्, एकको मृत्यु


भक्तपुर, ९ कात्तिक । भक्तपुरमा आइतबार नर्कटको झाडीमा एक जना पुरुषको शव फेला परेको छ । भक्तपुर नगरपालिका वडा नं,१ ईतापाकोमा दुवाल मेटल कारखानामा पित्तलको भाँडा बनाउने भारत उत्तर प्रदेशका ३५ बर्षीय शाहिव हुसैनको शव रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको उनीसगैं काम गर्ने साथीहरुबाट हत्या भएको महानगरीय परिसर भक्तपुरले जनाएको छ ।

हुसेनलाई हत्या गरी नर्कटको झाडीमा फालिएको अवस्थामा भेटिएको थियो । टाउको क्षतिविक्षत हुने गरी चोट लागेको अवस्थामा प्रहरीले आज विहान नर्कटको झाडीमा शव फेला पारेको हो । हिजो साँझ सँगै बसेर मादक पर्दाथ सेवन गरेरहेको उनीहरु विच युवतीको बिषयलाई लिएर विवाद हुदाँ शाहिव हुसेनलाई ढुंगाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हत्या गरेको अभियोगमा सँगै काम गर्ने उनका साथीहरु २३ बर्षीय सलमान खान र १९ बर्षीय सानु अन्सारीलाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकका साथीहरुको कोठा खानतलासी गर्दा रगत लागेको लुगा र जुत्ता फेला परेको छ । हत्याको वारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment