वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

विराटनगर १० कात्तिक । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको पथरी सनिश्चरे ३ का ६३ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतक पुरुषको कात्तिक १ गते कोरोना पुष्टि भएको थियो भने श्वासप्रस्वामा समस्या आएपछि ४ गते अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

मृतक पुरुषमा मधुमेह सम्बन्धी रोग भएको सो प्रतिष्ठानले जनाएको छ । त्यस्तै, धरान १६ की ८३ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक ९ गते कोरोना पोजेटिभ पुष्टि भएपछि उनको कोभिड उपचार केन्द्र वीपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

लामो समयदेखि उच्च रक्तचापको विरामी भएकी बृद्धा महिलालाई स्वासप्रस्वासमा समस्या भएको सो प्रतिष्ठानले जनाएको छ । योसंगै प्रदेश १ मा मृत्यु हुनेको संख्या १ सय ६९ पुगेको छ ।

त्यस्तै, प्रदेश बाहिरका १६ को मृत्यु भएको प्रदेश १ सरकार सामाजिक विकास मंत्रालयले जनाएको छ । आइतबार बेलुकादेखि सोमबार विहानसम्म वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा ३ जना संक्रमितको मृत्यु भएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment