इलाममा फुटबल खेलले दर्साउथ्यो दशैको माहोल, यसपाली न फुटबल न पिङ सबै तिर सुनसान दशैं

  • बिमल अधिकारी  


देउमाई ११  कार्तिकः असोज लागेर घाम लाग्न थाले सगै , धानका बाला झुल्न थाले सगै, अलैचीबारीबाट अलैची टिपेर ल्याएर भट्टीमा सुकाउदा अलैचीको मगमग बास्ना आउन थाले सगै दशै आएको अनुभव हुन्थ्यो। वरपर हिड्दा डुल्दा चम्किला अनि टिलिक्क घाम लागे भने दशै आए जस्तै अनुभब हुन्थ्यो। 

यो सगै विभिन्न ठाउमा दशैको अवसरमा हुने साना ठुला फुटबल खेलले झन दशै आएको अनुभव गराउथे। दशैको लागि तयारी भनेर भदौ अन्तिमबाटै कता कता खाली जग्गा, खेल मैदान, खेलाडीहरु चौर लगायतमा फुटबल खेलको अभ्यासमा ब्यस्त देखिन्थे । दशैमा फुटबल हुन्छ, हेर्न जाने रमाइलो गर्ने, टाढा टाढा गएका साथी भाइ आफन्त पनि गाउँ घर आएका बेला फुटबल हेर्न गएकाले त्यही भेट हुन्थ्यो। 

एउटा साच्चिकै रमाइलो र चार्डको माहोल सिर्जना हुन्थ्यो फुटबल खेलले। यसपटक कतै पनि फुटबल खेल सन्चालन भएको देखिदैन । कतै कतै छिटपुट रुपमा एकदिने खेल भए पनि सामन्य गरि भएको देखिन्छ । 


पश्चिमी इलामको कुरा गर्दा बिषेशत देउमाइको नवमीमा , पानीटारमा निकै रोमाञ्चक अनि ठुला फुटबल खेलको आयोजना गरिन्थ्यो। धेरै लामो समय अगाडिदेखि फुबटबल खेल सन्चालनको ईतिहास बोकेको पानीटार खेल मैदानको फुटबल पनि यसपटक स्थगित भएको छ। यस्तै बर्सेनि आयोजना हुन्ने देउमाइ नौ नवमी को फुटबल खेल पनि स्थगित भएको छ। दशै को टीका को दिन प्राय जसो फाइनल खेल गराइने पानीटारको खेल मैदान यो बर्षको टीकाको  दिन त्यति सारो हर्ष उल्लास पुर्ण देखिएन। निधार भरी टीका अनि कानमा जमरा लगाएर फुटबल हेर्नेको घुइचो लाग्ने सडक अनि खेल मैदान परिसर यश पटक सुनसान देखिन्छन।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment