इलाममा एकै दिन १५ जनामा कोरोना संक्रमण, कोरोना संक्रमितको संख्या १४० पुग्यो


इलाम, ८ कार्तिकः इलाममा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमित हुनेमा इलाम नगरपालिका १ जना, सूर्योदय नगरपालिकामा ६ जना, माइ नगरपालिकामा १ जना, चुलाचुलि गाउँपालिकामा १ जना र माइजोगमाई गाउँपालिकामा ६ जना रहेका छन् । 

इलाममा हाल सम्म १४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १०४ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् भने एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment