प्रदेश १ मा इलामका ७ सहित २०७ नयाँ संक्रमित थपिए, २०२ जना निको भए


विराटनगर, ११ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् भने २ सय २ जना डिस्चार्ज भएका छन् ।

मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३/३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २/२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान , कानेपोखरी र स्थानीय तह नखुलेका १/१, झापाको विर्तामोड र दमकमा १५/१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै, शिवसताक्षी र भद्रपुरमा ४/४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २/२, गौरादहमा १, सुनसरीको इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जुमा २, दुहवी र हरिनगरमा १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

इलामको सूर्योदयमा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढीमा ४ र त्रियुगामा १, पाँचथरको फिदिममा २, पाथीभरा याङवरकमा १, धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १, संखुवासभाको सभापोखरीमा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ४५९ पुगेको छ भने २१ हजार ४ सय ९१ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा विहीवार ८ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ९५ महिला र १ सय १२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८७ हजार ८ सय १८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment