इलाममा भारतबाट सयपत्री फूल नआए पनि स्थानीय फूलले बजार पाएन


इलाम, २८ कातिकः झिलिमिल बत्ती र फूलै फूलको पर्वको रुपमा रहेको तिहारमा पनि इलाममा सोचेजस्तो सयपत्री फूलले बजार पाएको छैन । इलाम इलाम नगरपालिका १० गोदकमा व्यवसायिक रुपमा फूलखेती गरिरहेका सुमन गोले भन्छन् विउ किनेर फूल खेती गरियो बजार पनि राम्रो पाइएन फूलमा रोग लागेर पनि हैरान पा¥यो खेती गर्दा भएको खर्च उठाउनै मुस्किल परो ।


यस्तो गुनासो उनको मात्र हैन फूलखेती गर्ने सवै किसानको यस्तै गुनासो रहेको छ । तिहार अउनु भन्दा अगावै फूल फूल्नु र लगातर वर्षाका कारण फूल राम्रोसँग नफस्टाउनु जस्तो कारणले पनि फूलखेती गर्ने कृषकहरु घाटामा परेका हुन । 


अघिल्लो साल जस्तो इलाममा भारतीय बजारबाट आउने फूलहरु नआए पनि इलामको स्थानीय फूलले बजार पाएको छैन । मेची राजामार्गाको किनारमा फूल व्यापार गर्नेहरु पनि कोरोनाको असरले गर्दा सवारी साधन कम गुड्दा फूल व्यपार नभएको वताउँछन् । 


पाहिला जस्तो व्यापार छैन ग्राहरु पनि धैरै नआएको इलाम नगरपालिकाकै  चित्र वहादुर राई वताउँछन् । इलाममा यो वर्ष गत सालको जस्तो तिहारको रौनक देखिएको छैन झिलिमिलि वत्तिको व्यापार पनि घटेको छ भने फूलको व्यापार पनि घटेको छ । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment