इलामका चार जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज

 विराटनगर, २३ मंसिर । प्रदेश १ पछिल्लो २४ घण्टामा १ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३–३, बराहक्षेत्रमा २, गढी, रामधुनी, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका ३ जना, मोरङको विराटनगरमा २८, सुन्दरहरैचामा ५, पथरीशनिश्चरेमा ४, कटहरीमा ३, बेलबारी र बुढीगंगामा २–२, उर्लाबारी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५, भद्रपुर र विर्तामोडमा ४–४, मेचीनगरमा ३, झापा गाउँपालिकामा २, बुद्धशान्ति र कनकाईमा १–१, संखुवासभाको खाँदबारीमा ८, चैनपुरमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा २, कुम्वायकमा १, धनकुटामा १, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४१५ पुगेको छ । यहाँ मंगलबार ९७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९१, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४, मेची अस्पताल र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ३४३ पुगेको छ ।

प्रदेश १ मा सोमबार ८ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९७ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment