लोकसेवा आयोगले माग्यो ५१३ अधिकृत, १५३ जना बढुवाबाट पदपूर्ति हुने (सूचनासहित)



काठमाडाैं, २४ मंसिर । लोक सेवा आयोगले अधिकृत तहका लागि दरखास्त आह्वान गरेको छ । आज विज्ञापन निकालेर आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा त्यो सरहको पदका लागि खुला तथा समावेशीतर्फ ५१३ जनाको दरखास्त आह्वान गरेको हो ।


यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।

अधिकृत सरहको परीक्षाका लागि आउँदो पुस १४ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । यस्तै, दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म पनि आवेदन दिन सकिने छ ।

आवेदन अनलाइमार्फत पनि दिन सकिने छ । यस्तै आयोगले बढुवाका लागि पनि दरखास्त आह्वान गरेको छ । बढुवाका लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता पुगेकाले बढुवाका लागि आवेदन दिन सक्ने अयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment