प्रेस संगठन प्रदेश एकको सचिवमा तिम्सिना


इलाम, ११ फाल्गुनः  प्रेस संगठन नेपाल प्रदेश एकको सचिवमा सुजन तिम्सिना चयन भएका छन् । २०७७ पुष ६ गते सम्पन्न दोस्रो राष्ट्रिय भेलाले निर्देशित गरे बमोजिम जिम्मेवारी हेरफेरका क्रममा तिमसिनाले जिम्मेवारी पाएका हुन् । तिम्सिना इलामबाट नेपाल टेलिभिजनका संवाददाता हुन र उनी लोकल सन्देश अनलाइनका प्रधान सम्पादक समेत हुन् । उनी यसअघि तत्कालिन प्रेस सेन्टरको समेत प्रदेश सचिव थिए ।

पुर्व माओवादी र पुर्व एमाले निकट पत्रकार संगठन एकतापछि बनेको प्रेस संगठनको जिल्ला संयोजकको रुपमा उनले काम गरेका छन् । संगठनको संयोजकमा देबेन्द्र कार्की र इन्चार्जमा राजन केडी, सह–इन्चार्ज तिर्थ सिग्देल र स्मिता निरौलालाई जिम्मेवारी दिइएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment