८ हजार ७३८ जनाको पीसीआर–एन्टिजेन परीक्षण गर्दा मुलुकमा १ हजार ७३६ जना संक्रमित थपिए


काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेका छन् । मंगलबार मुलुकभर थप एक हजार ७३६ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ७३८ जनाको कोरोना परीक्षण गर्दा १ हजार ७३६ जना नयाँ संक्रमित थपिएका हुन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ हजार ७३६ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५५ जनामा आरटी–पीसीआर परीक्षण गर्दा १ हजार ६६७ जना र ६८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ५१ संक्रमित निको भए, ३ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ५१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७३८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख ६० हजार ५५७ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment