नेपालगञ्जमा वैशाख १५ सम्म लकडाउन

 नेपालगञ्ज । नेपालगञ्जमा आज (बुधबार) मध्यरातिबाट लकडाउन हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी विज्ञप्तिमा वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने जनाइएको छ ।

उहाँले बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नु परेको उल्लेख गर्नुभएको छ ।

लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment