सुरिया ल्याबबाट नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान तयार १३६ जनालाई फर्काइयो

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान तयार भएका १ सय ३६ जनालाई फर्काइएको छ । मंगलबार सिनामंगलको सुरिया ल्याबबाट स्वाब परीक्षण नगरी नै पीसीआर रिपोर्ट लिएर विमानस्थलबाट विदेश जान तयार भएको १ सय २२ जनालाई फर्काइएको अध्यागमन विभागले जनाएकाे छ।

विभागका अनुसार हिजो सरिया ल्याबमा छापा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले उक्त ल्याबमा परीक्षण गराएका सबै यात्रुहरुलाई फर्काएको छ । फर्कनेहरुमा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको बताइएको छ ।

मंगलबार महानगरीय अपराध महाशाखाले विशेष सूचनाका आधारमा ल्याबका सल्लाहकारसहित ६ कर्मचारीलाई पक्राउ गरेको छ । ल्याबका अध्यक्ष भने भारतीय नागरिक सिपी श्री कुमार रहेका छन् । हाल उनी भारतमै रहेको खुलेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment