मुलुकभर २४७४ जना नयाँ संक्रमित थपिए, २४ को मृत्यु


काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना कोरोनामुक्त भए, २४ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ७० हजार ५९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार २३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३४ लाख ६४ हजार २९१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment