इलाममा कोरोना संक्रमणको कारण थप एकको मृत्यु, १२ संक्रमित थपिए


इलाम, १० असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप १२ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज १२ जना थपिए संगै संक्रमितको संख्या १ हजार ७ सय ६ पुगेको छ ।  आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा १  महिला १ पुरुष,  सूर्योदय नगरपालिकामा २ पुरुष, माङसेवुङ गाउँपालिकमा २ पुरुष माई नगरपालिकामा १ महिला, रोङ गाउँपालिकमा २ महिला २ पुरुष,  र देउमाई नगरपालिकमा १ पुरुष रहेका छन् ।
थप एकको मृत्यु
इलाममा थप एकजनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका १० की ५३ वर्षिय महिला रहेकी छन् । इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४१ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार २ सय ७० जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment