इलाममा कोरोना संक्रमणले एकको मृत्यु, थप ७ जनामा संक्रमण


इलाम, ५ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ७ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ७ जना थपिए संगै संक्रमितको संख्या १५ सय ८७ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा एक जना महिला,  सूर्योदय नगरपालिकामा १ महिला १ पुरुष, रोङ गाउँपालिकामा १ महिला १ पुरुष र माई नगरपालिका २ महिला रहेका छन् ।

थप एक जनाको मृत्यु 

इलाममा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुालचुली गाउँपालिकाका एक जना पुरुष रहेका छन् । हाल सम्म ३८ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार १ सय ४६ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment