मनसुनी वायुको प्रभावका कारण आज देशभर मौसम बदली


काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशभर मौसम बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान गण्डकी प्रदेशका अधिकांश स्थान र प्रदेश १, प्रदेश २, बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का केही स्थान भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर मौसम बदली रही अधिकांश वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ का केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment