कांग्रेस पदाधिकारी बैठक बूढानिलकण्ठमा सुरू

 

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी बैठक बुढानिलकण्ठमा सुरु भएको छ। बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केहीबेर अघि सुरु भएको हो ।

बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्ने र अन्य अन्य अधिवेशनको तालिका हेरफेर गर्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता