रिलायन्सद्वारा इलामका बिरबाहदुरको परिवारलाई मृत्यु दाबीवापतको २१ लाख भुक्तानी


इलाम, १२ साउनः रिलायन्स लाइफ इन्स्योरेन्सले इलाममा मृत्यु दाबीबापत सोमबार  २१ लाख भुक्तानी गरेको छ । इलाम नगरपालिका ७ जोरधारा निवासी  स्वर्गिय बिरबहादुर लिम्बुको श्रीमती नरेन्द्रकुमारी लिम्बुलाई सोमबार कम्पनीले एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरेको हो । कम्पनीका बिमित बिरबहादुर लिम्बुले २ बर्षअघि १० लाख बराबरको रिलायन्स सुखमय जीवन बिमा योजना खरिद गर्नुभएको थियो । 

बिरबहादुरको गत जेठ २८ गते करेन्ट लागेर निधन भएको थियो । कम्पनीले बिमाङ्क १० लाख  दुर्घटना मृत्यु लाभ १० लाख  र बोनस १ लाख गरि जम्मा २१ लाख बिमितको परिवारलाई हस्तान्तरण गरेको हो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment