चिया निकासी नहुँदा इलामका चिया व्यवसाययी तथा किसानहरु मारमा ( भिडियाे सहित)


इलाम । दोस्रो लहरको कोरोना महामारीका कारण इलाममका चिया व्यावसायी, कृषक तथा चिया मजदुरहरु तयारी चिया निकासी नहुँदा समस्यामा परेका छन् । इलाममा उत्पादित आर्गानिक अर्थोडक्स चिया भारतलगायत अन्य तेस्रो मुलुकमा निर्यात हुने गरेको थियो ।



इलाममा उत्पादित स्पेसल व्ल्यक टी, स्पेसल ग्रीन टीलगायतका अन्य फस्ट प्लसको तयारी चियाको स्याम्पिलङ नै गर्न नपाएपछि उद्योगीहरु मारमा परेका हुन् । इलाममा उत्पादित स्पेसल टी भारतमा मात्र नभएर जमर्न, अमेरिका, यूरोपलगायतका देशमा निर्यात हुँदै आएको थियो ।

उद्योगीहरुले कोरोनाका कारण चियाको स्यम्पल पठाउन नसकेपछि चिया निर्यात हुन नसकेको हो । इलाममा उत्पादित चिया निकासी गर्न नपाएपछि मजदुर तथा कृषकलाई पैसा दिन नपाएको र अहिलेसम्म चियाको हरियोपत्तीको मूल्य समेत निर्धारण गर्न नसकिएको इलाम नगरपालिका–५ मा सञ्चालित चिया कारखनाका कार्यकारी निर्देशक सोनम मुखिया बताउँछन् ।

उनले भने, ‘लकडाउनको वेला पनि कृषकलाई सहजको लागि कारकाना सञ्चालन गरियो तर निकासी गर्न सकिएन । कृषको हरियो पत्तिको पैसा समेत दिन सकिएको छैन ।’

विगत चार महिनादेखि कारखनालाई चिया दिएको तर अहिलेसम्म पनि उक्त चियाको पैसा पाउन नसकिएकाले चिन्ता बढाएको बताइएको छ । प्रमुख आम्दानीको स्रोतनै चिया भएकाले घर व्यवहार चलाउन समेत मुस्किल भएको इलामका चिया कृषक भिम रिजाल बताउँछन् ।

इलाममा चियाको दोस्रो अधिक उत्पादन समय समेत शुरु भइसकेको र पहिलो चरणको उत्पादन नै बजारमा नपुग्दा उत्पादकहरु मूल्यमा गिरावट आउने त्रासमा रहेका छन । कोभिडको कारण इलाममा उत्पादन भएको चियाको स्याम्पल तेस्रो मुलुक पठाउन नसकेको र केही चिया भारतमा बेच्नु परेकोले इलामका उद्योगी र किसानलाई मार परेको तेस्रो मुलुकमा चिया निकासी गर्दै आएका आर.सी नेपाल बताउँछन् ।

नेपाली चिया र दार्जिलिङको चिया पनि त्यही बाटो भएर तेस्रो मुलुकसम्म जाने भएकाले नेपाली चियालाई समयमा पु¥याउन नक्दा व्यावसायी चिन्तित बनेका हुन् । नेपालको चिया २८ भन्दा बढी मुलुकमा निर्यात हुने गरेको छ । नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको चिया निकासी हुने गरेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment