पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध


चितवन । नारायणगढ मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । निरन्तरको वर्षाले पहिरो खस्दा उक्त सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको हो ।

नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलो र सेती दोभानमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि पनि उक्त स्थानमा पटकपटक पहिरो खस्दै आइरहेको छ ।

यसैगरी आज बिहान पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटार र फिसलिङनजिकै पनि अर्को पहिरो खसेको छ । यसका कारण काठमाडौँतर्फ जाने बाटो अवरुद्ध भएको छ ।

पहिरोका कारण दुई–तीन ठाउँमा राजमार्ग अवरुद्ध भएपछि चितवन र पोखराबाट काठमाडौँ जाने यात्रुहरु बाटैमा अलपत्र परेका छ्न् । पहिरो पन्छाउने काम जारी रहे पनि भारी वर्षाका कारण केही समय लाग्ने बताइएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment