
एजेन्सी । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा बेल्जियमलाई २ – १ गोलअन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको हो। इटलीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एकरएक गोल गरे ।
मार्को भेराटीले दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै बेरेलाले इटालीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा लोरेन्जो इन्सिग्नेले गरेको गोलसँगै इटालीले अग्रता दोब्बर पारेको थियो । इन्सिग्नेले करिब मैदानको आधा भाग दौडाएर पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै गोल गरेका थिए ।
यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । यो जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । जितसँगै इटालीले अब स्पेनसँग फाइनल प्रवेशका लागि प्रतिस्प्रधा गर्ने छ। स्पेनले पहिलो क्वाटरफाइनल खेलमा स्विजरल्याण्डलाई पेनाल्टीमार्फत ३ १ गोलअन्तरले पराजित गरेर सेमिफाइनल पुगिसकेको छ।
0 comments:
Post a Comment