चुलाचुलीको विधुवा खोलामा साइफन निर्माण


इलाम, ६ भाद्रः इलामको चुलाचुली गाउँ पालिका वडा ३, ४ र ५ मा सिंचाई सुविधा उपलव्ध गारउने उदेश्यले रतुवा खोला सिंचाई योजना निर्माण सम्पन्न भएको छ । सिंचाई विकास डिभिजन कार्यालय इलाम मार्फत रतुवा खोलामा बाँध निर्माण गरि चुलाचुलीका तीन वटै वडामा चार सय ५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलव्ध गराउन उक्त योजना निर्माण गरिएको डिभिजनल इञ्जिनियर रामनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

 योजनाको मुख्य काम विधुवा खोलामा भुमिगत रुपमा पाइपलाइन जडान गरि पानी वारपार गराउने कार्य सम्पन्न भएको छ । छ सय ३५ मीटर एच डी पी पाइप विधुवा खोलामुनी विछ्याएर निर्माण गरिएको साइफन विभिन्न सरोकारवाला निकायले अनुगमन निरिक्षण गर्नुभएको थियो । प्रदेश सभा सदस्य धिरेन शर्मा रमण, संविधान सभा सदस्य नगेन्द्र कुमाल, प्रदेश १ भोतिक पुर्वाधार विकास मंत्रालय, जलश्रोत तथा उर्जा विकास महाशाखा प्रमुख रमेश प्रसाद पौडेल, चुलाचुली गाउँ पालिका अध्यक्ष प्रदिप चन्द्र राई उपाध्यक्ष निर्मला दाहाल लगायतले योजनाको निरिक्षण गर्नुभएको थियो । 

सम्पन्न योजना रतुवा खोला सिंचार्य जल उपभोक्ता समितिलाई हस्तान्तरण समेत गरिएको छ । समितिका अध्यक्ष भिम कुमार योड.्या को अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले चुलाचुली क्षेत्रमा कृषिको आधुनिकिकरणमा सिंचाई योजनाले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । योजना अन्तर्गत रतुवा खोलामा बाँध निमाएण गरिएको छ । साढे नौ किलोमिटर मुख्य क्यानल मध्ये ६ किलोमिटर सम्पन्न भएको सिचाई विकास डिभिजन कार्यालय इलामका इञ्जिनियर पुरुषोत्तम शाहले जानकारी दिनुभयो ।

 आर्थिक वर्ष २०७३।७४ मा डिपिआर सम्पन्न भएको योजनाको निर्माण रमण एपेक्स सफल जेभीले गरेको हो । योजना निर्माण भएपछि स्थानीय क्षेत्रमा बाँझो जमिन सिंचाई उपलव्ध भएकोमा स्थानीय उपभोक्ता सोमनाथ अधिकारीले खुशी व्यक्त गर्नुभयो । जम्मा ११ करोड ४४ लाखमा योजना निर्माण सम्पन्न भएको निर्माण कम्पनीका टंक गजुरेलले बताउनुभयो । योजनाको बाँकी खण्डको निर्माण रतुवा खोला सिंचाई जल उपभोक्ता समिति मार्फत हुने जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment