गगनको आक्रोश – ‘ओलीले अध्यादेश ल्याउँदा विरोध गर्ने कसैलाई अहिले समर्थन गर्ने अधिकार छैन’

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको चर्को बिरोध गर्नुभएको छ ।

उहाँले सरकारले संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु कुनैपनि हालतमा ठिक नभएको बताउनु भएको छ । बुधबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै उहाँले संसदलाई छलेर अध्यादेश ल्याउनु भनेको हिजो पनि गलत आज पनि गलत र जसले गरेपनि गलत भन्नु भएको छ ।

केपी ओली नेतृत्वको सरकारका बेला पनि बिपक्षमा उभिने जो कोहीले अहिलेको अध्यादेशमा समर्थन गर्ने अधिकार नरहेको टिप्पणी गर्नुभएको छ । यदी वर्तमान सरकारले ल्याएको अध्यादेशलाई समर्थन गर्ने हो भने ओलीको बिरोध गरेकोमा सार्वजनिक रुपमा माफी माग्नु पर्ने उहाँको तर्क छ ।

त्यस्तैगरी सांसद थापाले गत वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक नहुने पनि उहाँको भनाइ छ । विरोध गर्ने नै भए त्यो बेला गल्ती भयो भनेर सार्वजनिक रुपमा माफी माग्नु पर्ने उहाँको भनाइ छ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment