कोरोना रोगबाट माईजोगमाई वडा सदस्य र अलैँची व्यवसायी महासंघ इलाम शाखाका अध्यक्ष खाकीको निधन


इलाम, ९ भाद्रः कोरोना कहरबाट दिनानुदिन बडिरहेको अवस्थामा इलाममा मृत्यु हुनेको संख्या पनि बढेको छ । देशभरको तथ्याङ्क हेर्दा कोरोना रोगीको दर केही घटे पनि इलामा भने संक्रमण दर झनै उच्च भैरहेको छ ।

कोरोनाका कारण युवा,सामाजिक क्षेत्रमा लागेका व्यक्ती, व्यापारी, राजनीतिक क्षेत्रका व्यक्तिहरु धमाधम यस रोगको सिकार बनिरहेका छन । इलामको १० वटै स्थानिय तहमा कोरोनाका कारण मान्छेहरुको मृत्युदर बढीरहेको छ । रोगको दर इलामका सबै नगरपालिका तथा गाउपालिकामा बढ्दो छ ।

यस्तै माईजोगमाई गाउपालिका ३ नम्बर वडाकी जनप्रतिनिधि मेनुका कठेत रोक्काको पनि कोरोनाका कारण बुधबार बिहान ९ बजे बिर्तासिटी हस्पिटल झापामा मृत्यु भएको छ ।

केही दिन अगाडि स्वास्थमा समस्या भएर कोरोना टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछी उनलाई हस्पिटल लगिएको थियो । मंगलबारबाट स्वास्थमा समस्या बढेपछि आइ सि यु मा राखिएकोमा बुधबार विहान मृत्यु भएको माईजोगमाई गाउपालिका ३ का वडाध्यक्ष याम प्रसाद लामाले जानकारी दिए । माईजोगमाई ३ को वडा जनप्रतिनिधिको रुपमा २०७४ सालमा रोक्का निर्वाचित भएकी थिइन् । माईजोगमाई गाउँपालिकाको ३ नं वडा सदस्य मेनुका कठेतको कोरोना भाईरसको कारण दुखद निधन भएको प्रति माईजोगमाई अध्यक्ष जितबहादूर राईले पनि दुःख व्यक्त गरेका छन् । राई भन्छन् उहाँको निधनको कारण यस माईजोगमाई गाउँपालिका परिवार स्तब्द साथै मर्महात भएका छौ ।

विजय खाकीको निधन

नेपाल अलैँची व्यवसायी महासंघ इलाम शाखाका अध्यक्ष विजय खाकीको निधन भएको छ । कोरोना संक्रमणका कारण खाकीको गए राती ११ बजे निधन भएको हो ।

स–सस्त्र प्रहरी अस्पताल हलचोक काठमाडौँमा उपचारको क्रममा खाकीको निधन भएको नेपाल अलैँची व्यवसायी महासंघका पूर्व अध्यक्ष निर्मल भट्टराइले बताए । झण्डै एक हप्ता अगाडी खाकीलाई उपचारका लागि काठमाडौँ लगिएको इलामका सन्तोष भक्तराजले जानकारी दिए ।

खाकी उद्योग वाणिज्य संघ इलामका पूर्व महासचिव पनि हुन् । सहयोगी, मिलनसार एवम् सामाजिक व्यत्तित्व खाकीको निधनबाट इलामले कुशल व्यवसायी गुमाएको छ । स्थापित व्यवसायी खाकी इलाम चोक बजारमा पसल संचालक समेत थिए ।

लाेकल सन्देशबाट साभार


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment