इलाममा वडा सदस्य सहित ३ जनाको कोरोना संक्रमणको कारण मृत्यु, थप ६७ जनामा संक्रमण


इलाम, ९ भाद्रः इलाममा दोस्रो चरणको कारोनाको लहर वढेसँगै संक्रमितको ग्राफ पनि वढेको छ । इलाममा संक्रमण मात्र हैन मृत्यु दर पनि वढेर गएको छ । इलामा आज एकै दिन ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा माइजोगमाई ३ की वडा सदस्य ४८ वर्षिय महिला, इलाम ७ का ६० वर्षिय पुरुष र ६० वर्षिय महिला रहेका छन् । 

अहिले सम्म इलामा १११ जनाको मृत्यु भई सकेको छ ।

इलामा आज थप ६७ जनामा संक्रमण भएको छ । आज संक्रमण हुनेहरुमा सूर्योदय नगरपालिकामा ५ महिला र १२ पुरुष, इलाम नगरपालिकामा ९ महिला र ६ पुरुष, रोङ गाउँपालिका ७ महिला र ४ पुरुष, माई नगरपालिका ७ महिला १ पुरुष, देउमाई नगरपालिकामा ४ महिला र ३ पुरुष, चुलाचुली गाउँपालिकामा ३ महिला र ३ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला र फाकफोकथुम गाउँपालिकामा १ महिला रहेका छन् । 

इलामा अहिले सम्म ४९६३ जनामा कोरोना संक्रमण भई सकेको छ । अहिले इलाममा ८५७ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment