तालिबानद्वारा अफगानिस्तान-भारत सीमापार व्यापार बन्द

एजेन्सी । तालिबानले अफगानिस्तान–भारत सीमापार व्यापार बन्द गराएको छ । तालिबानले अफगानिस्ताको सत्ता कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको हो ।

सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे । फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ)का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो ।

योसँगै लाखौं डलरका सामान आयात–निर्यात रोकिएका छन् । व्यापारका लागि अफगानिस्तान भारतको ठूलो सहयोगी मुलुक थियो । भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौं डलर लगानी गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment