माधव नेपालको प्रश्न, ‘केपी शर्मा ओली इमान्दार नभएपछि एमालेमा बस्नु के अर्थ छ ?’


काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब अर्को पार्टी दर्ता गरिने जानकारी दिएका छन् । मंगलबार बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा नेता नेपालले अब छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताएका हुन् ।

केपी शर्मा ओली इमान्दार नभएपछि एमालेमा बस्नु के अर्थ छ ? भन्दै उनले अब नयाँ दलमार्फत जनतामा जाने बताएका थिए । छलफलपछि एमाले सांसद मेटमणी चौधरीले एमाले बिभाजन गर्ने कुरा टुङ्गो लागेको बताए ।

२० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानून आएलगतै दल दर्ता हुने उनको भनाइ छ । उनले लोकतान्त्रिक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सबैलाई भएको र कसैले रोक्न नसक्ने धारणा राखे ।

सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेशमार्फत् २० प्रतिशत सदस्य पर्याप्त हुने अध्यादेश पारित गरेपछि एमालेले विभाजन रोक्न सदस्य संख्या बढाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment