इलामका खेलकुद पत्रकार नमिन ढकाल नगर पत्रकारीता पुरस्कारबाट पुरस्कृत


इलाम, १० भाद्रः मोफोसलबाट खेलकुद पत्रकारीता गरिरहेका पत्रकार नमिन ढकाल  पुरस्कृत भएका छन् । सूर्योदय नगरपालिका इलामले नगर क्षेत्रको पत्रकारीता क्षेत्रमा योगदान पुर्‍याए बापत ढकाललाई एक कार्यक्रमका बिच पुरस्कृत गरिएको हो ।

ढकाल इलामको सूर्योदय नगरपालिका १० मा रहेर खेलकुद र कृषि क्षेत्रमा खोज तथा अनुसन्धानमुलक समाचार लेखनमा दख्खल राख्छन् । ढकाल इलामबाट थाहा खबर र खेलपाटीमा समाचार लेख्छन् । उनी इलामबाट सञ्चालित लाेकल सन्देशका सहसम्पादक पनि हुन । 

नगरपालिकाले ढकाल सहित नगर भित्रका विभिन्न क्षेत्रमा क्रियाशिल संघसंस्था, उद्यमी र समाजिक व्यत्तित्वलाई पुरस्कार तथा सम्मान गरेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment