प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार : थपिए दुई मन्त्री र तीन राज्यमन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री आचार्यले बुधबार साँझ आर्थिक मामिला तथा योजनामन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरिएका छ ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लभ अधिकारी, भूमि व्यवस्था, कृषि राज्यमन्त्री ज्ञानेश्वर राजववंशी र उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेतलाई नियुक्त गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रीहरुलाई र मुख्यमन्त्री भीम प्रसाद आचार्यले राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

सो कार्यक्रममा सभामुख, प्रदेश सांसदहरु, प्रमुख सचिव, सचिव तथा उच्चपदस्थ कर्मचारीहरुका साथै र्सवसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment