भक्तपुरको सल्लाघारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

 

भक्तपुर । सोमवार राति भक्तपुरको सल्लाघारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारी चोकमा सोमवार राति अन्दाजी ८ः३९ बजे मोटरसाइकल र गाडी एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

भक्तपुरको चोङागणेश सल्लाघारीबाट काठमाण्डौ तर्फ जाँदौ गरेको प्रदेश ३–०२–००८प २५०१ नंम्वरको मोटरसाइकललाई सुर्यविनायकबाट काठमाण्डौं तर्फ जादै गरेको आर जे ०२ जिबी १९१७ नम्वरको भारतीय १८ चक्के खाली टेलरले ठक्कर दिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटना भई घाईते भएको मोटरसाईकल चालक भक्तपुर जिल्ला सुर्यविनायक न.पा.३ बालकोट बस्ने बर्ष ४५ को गणेश रजौरा र मोटरसाईकलमा पछाडी सवार मध्यपुर थिमि नगरपालिका ३ कौशलटार बस्ने बर्ष २८को अमृत सिलवाललाई उपचारका लागि भक्तपुर अस्पताल लगेको थियो ।

उपचारका क्रममा मोटरसाइकल चालक गणेश रजौरा ९ः०३ बजे मृत्यु भएको परिसरले जनाएको छ । मोटरसाईकल पछाडी बस्ने अमृत सिलवाल राती १० बजे डिस्चार्ज भएको महानगरिय प्रहरी परिसरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जनाएको छ ।

टेलर चालक भारत राजस्थान प्रदेश अबलर जिल्ला बस्ने ५० वर्षीय महादेव शर्मालाई महानगरिय प्रहरी वृत जगातीले नियन्त्रणमा राखिएको परिसरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment